५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

पोर्न भिडियो निर्माणको आरोपमा अभिनेत्री गहना पक्राउ


२५ माघ, काठमाडाैँ । पोर्न भिडियो बनाएको आरोपमा भारतीय अभिनेत्री तथा मोडल गहना वशिष्ठ पक्राउ परेकी छन् ।  । पोर्न भिडियो निर्माण र वेबसाइटमा राखेको आरोपमा उनी पक्राउ परेकी हुन् । उनी पक्राउ परेको जानकारी मुम्बई प्रहरीले दिएको बलिउड मिडियाले समाचार बनाएका छन् ।

समाचारका अनुसार अभिनेत्रीको अलवा पुलिसले यो मावलामा अन्य मोडल, साइट अभिनेत्री र केही प्रोडक्सन हाउसको पनि निगरानी गरिरहेको छ । उनीहरुलाई पनि एडल्ट फिल्म मोवाइल एप तथा वेबसाइटमा सम्पादन गरेर अपलोड गरेको आरोप लगाइएको छ ।


एक पुलिस अधिकारीका अनुसार गहना वशिष्ठले ८७ अश्लिल, पोर्न भिडियो बनाएकी छन् । त्यसलाई आफ्नो वेबसाइटमान अपलोड समेत गरेकी छन् । जुन हेर्न सदस्यताको आवश्यक पर्दछ । जसले उनको च्यानलको सदस्यता लिएका छन् । उनीहरुले दुई हजार रुपैया तिर्नुपर्छ । शनिबार उनलाई सोधपुछ मात्र गरिएको थियो । आइतबार अदालतमा हाजिर गरिनेछ ।

पछिल्लो समय गहना अल्ट बालजीको वेब सिरिज ‘गन्दी बात’मा समेत देखिएकी थिइन् । उनले स्टार प्लसको ‘बहने’मा पनि काम गरिसकेकी छन् । यसको अलवा उनले साउथको कयौ फिल्ममा पनि काम गरेकी छन् । एजेन्सी

प्रकाशित मिति : २५ माघ २०७७, आईतवार १३:३०