२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

मांसाहारी आन्दोलन गर्नेहरु कानुनतः दण्डित हुनेछनः गृहमन्त्री थापा

२३ माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मांसाहारी आन्दोलन गर्ने गर्नेहरु कानुनतः दण्डित हुने बताउनुभएको छ । नेकपा बागमति प्रदेशद्वारा शुक्रबार दरवारमार्गमा आयोजित बृहत आमसभामा बोल्दै मन्त्री थापाले अपराधीहरुलाई जाउलाखेलको चिडियाखानामा लगेर बन्द गर्ने चेतावनी दिनुभएको छ ।

मुलुकमा असाधारण परिस्थिति सिर्जना हुनुको पछाडि राजनीतिक सत्ता, नेतृत्व र प्रश्नसित जोडिएको बताउनुभएको छ । उहाँले भन्नुभयो “प्रतिगमनकारी तत्वहरुले सबै प्रकारका षडयन्त्र र भ्रमको सहारा लिइरहेका छन” गृहमन्त्री बादलले भन्नुभयो, “अस्थिरता कायम गर्न खोज्ने नेतृत्वले आत्मसमर्पन नगरे तिनीहरुलाई जनताको बलमै असफल बनाइने छ, मांसाहारी आन्दोलन गर्ने गर्नेहरु कानुनतः दण्डित हुनेछन ।”

घटनाको कारणलाई ठीकसँग बुझेर मात्र त्यसको सामना गर्न सकिने हुनाले परिस्थिति बुझेर त्यसको सामना गर्ने काम भइरहेको बताउनुभयो । उहाँले पार्टीको अध्यक्षलाई, प्रधानमन्त्रीलाई केही तत्वले अपदस्थ गर्न खोज्दा परिस्थिति सिर्जना भएको बताउनुहुँदै उहाँले राष्ट्रपतिलाई विस्थापन गर्न खोज्ने षडयन्त्रका कारण यो अवस्था सिर्जना भएको चर्चा गर्नुभयो ।

प्रकाशित मिति : 15:06