२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

ओली समूहकाे जनसभामा सहभागी हुन काठमाडाैँका यी स्थानबाट निस्कदैछ जुलुस

२३ माघ, काठमाडाैँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले आज जनसभा गर्दैछ। जनसभा नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकामा गर्न लागिएको बागमती प्रदेश कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयाे ।

उहाँले जनसभामा काठमाडौँका साथै बागमती प्रदेशका १३ वटै जिल्लाका कार्यकर्ता र समर्थक सहभागी हुने समेत जानकारी दिनुभयाे। १२ बजेबाट सुरु हुने जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएकाे प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जाकारी दिनुभयाे ।

जनसभा हुनुभन्दा अगाडि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट जुलुस निकालिने छ। बागबजार, प्रदर्शनी मार्ग, महेन्द्र शालिक पूर्व, घण्टाघर, नेपाल एअरलाइन्स अगाडि, त्रिपुरेश्वर, गौशाला, माइतीघर, पुतलीसडक, लैनचौर, सोह्रखुट्टे नयाँ रोड, टेकु, बसन्तपुर, सोह्रखुट्टे, ज्ञानेश्वर, पुरानो बानेश्वर लगायतका स्थानबाट र्‍याली निकालिन लागेको सल्लाहकार थापाले बताउनुभयाे ।

प्रकाशित मिति : 10:46