२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रचण्डको कथित आरोपपत्र राजनीतिक स्टण्ट मात्र थियो भन्ने प्रमाणितः मुख्यमन्त्री पोखरेल

२३ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को माझण्ड (माधव-झलनाथ-प्रचण्ड) समूहका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका विरूद्धमा लगाएको आरोप राजनीतिक स्टण्टमात्र थियो भन्ने प्रमाणित भएको दाबी गरिएको छ । नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेले यस्तो दाबी गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ ‘प्रचण्डको कथित आरोपपत्र राजनीतिक स्टण्ट मात्र थियो भन्ने कुरा सडकमा एमसीसी विरुद्ध नारा लगाउन प्रचण्ड आफैले रोकेवाट पुष्टि भएन र?’ त्यसअघि पुल्चोकको सडकमा कार्यकर्ताले एमसीसीको बिरूद्धमा नाराबाजी गर्दा प्रचण्डले कार्यकर्तालाइ रोकेका थिए । प्रचण्डको निर्देशनपछि सोही समूहका नेता विष्णु रिजालले नारा लगाउने व्यक्ति नै परिवर्तन गराएका थिए ।

प्रकाशित मिति : 08:37