घनश्याम, योगेश र रामकुमारीलाई प्रचण्डले बनमान्छे बनाएछनः पूर्वमन्त्री बस्नेत
२२ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता एवं पूर्वमन्त्री महेश बस्नेतले नेकपाको माझण्ड (माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड) समूहको नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्व एमालेका घनश्याम भुसाल, योगेश भट्टराइ र रामकुमारी झाँक्रीलाइ बन मान्छे बनाएको आरोप लगाउनु भएको छ ।

बिहीबार सामाजिक सञ्जाल मार्फत टिप्पणी गर्दै पूर्वमन्त्री बस्नेतले भनेका छन ‘प्रचण्ड एण्ड कम्पनीलाई बनमान्छे बाट मान्छे बनाउने के पी ओलीको प्रयास असफल भएको छ। बरु प्रचण्डले मेरा सहयोद्धा घनश्याम,योगेश र रामकुमारीहरुलाइ मान्छे बाट बनमान्छे र झाँक्री बाट बनझाँक्री पो बनाउन सफल भए।’
प्रकाशित मिति : 17:25







