२१ बैशाख २०८३, सोमबार | Tue May 5 2026

माघ २३ को जनसभामा यसकारण सहभागी बनाैँः उपप्रधानमन्त्री पाेखरेल

२१ माघ, काठमाडाैँ । उपप्रधानमन्त्री एवं नेकपा स्थायि कमिटी सदस्य इश्वर पाेखरेलले माघ २३ गते काठमाडाैँमा हुनलागेकाे जनसभा  राजनीतिक स्थायित्वकाे लागि भएकाे बताउनुभएकाे छ । उपप्रधानमन्त्री पाेखरेलले बुधबार सामाजिक सञ्जालमार्फत माघ २३ गते हुनलागेकाे जनसभा मुलुकको आर्थिक विकास र सम्बृद्धिका लागि भएकाे समेत बताउनुभएकाे छ ।

उहाँले राष्ट्रिय अखण्डता तथा स्वाभिमानको रक्षा तथा अराजकताको विरोधस्वरूप उक्त जनसभा हुनलागेकाे समेत प्रष्ट पार्नुभयाे । देशलाई फेरि अधोगतितर्फ लैजान चाहनेहरूका विरूद्धमा नयाँस्तरमा खवरदारी आवश्यक परेकाेले उक्त जनसभा गर्न लागेकाे बताउनुभयाे । नेपाली जनता समक्ष नयाँ स्तरमा जागरण पुर्याउनु आवश्यक भएकाले काठमाडाैँकाे दरवारमार्गमा जनसभा गर्न लागेकाे स्पष्ट पार्नुभयाे । उहाँले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका नेताहरूले संबोधन गर्ने उक्त विशाल जनसभामा उपस्थितका लागि आह्वान समेत गर्नुभयाे ।

प्रकाशित मिति : 22:32