२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

आफ्ना खल्तीका मान्छे नियुक्ति गर्न नपाउँदा आमहड्ताल गर्ने भन्दा हाँसो उठ्योः सल्लाहकार थापा

२१ माघ, काठमाडाैँ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्ड–नेपाल समूहले संवैधानिक निकायमा आफ्नो मान्छे नियुक्त गर्न नपाउँदा आमहड्ताल गरेको बताएका छन् । थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘माझण्ड (माधव–झलनाथ–प्रचण्डं) गुटले संवैधानिक निकायहरूमा खल्तीका मान्छे हाल्न नपाएर आम हडताल गर्ने भन्दा हाँसो थाम्न गाह्रो पर्‍यो’ ।

उनले पद नपाउँदा कुण्ठा पाल्ने काम प्रचण्ड नेपाल समूहले गरेको पनि आरोप लगाएका छन् । प्रचण्ड नेपाल समूहले संवैधानिक आयोगमा गरिएको नियुक्तिको विरोधमा बिहीबार नेपाल बन्द आह्वान गरेको छ ।

प्रकाशित मिति : 21:52