अनेरास्ववियूले बन्दको प्रतिवाद गर्ने, नागरिकलाई दुःख नदिन संयोजक महरको अनुरोध
२१ माघ, काठमाडौँ । अनेरास्ववियूले नेकपाको पुष्पकमल दाहाल प्रचण्ड समूहले गरेको बिहीबारको नेपाल बन्दको प्रतिवाद गर्ने बताएको छ । अनेरास्ववियूका संयोजक ऐन महरले नेकपाको सभामा सहभागी हुन काठमाडौँ आउन लागेका कसैलाइ पनि बन्दको नाममा अबरोध भए प्रतिवादन गर्ने बताएका छन ।
उनले भनेका छन ‘२३ गतेको जनसभामा सहभागी हुन आउनुभएका जनतालाई यदि कुनै पनि ठाउँमा अवरोध गरिए अनेरास्ववियूले त्यसको ठाउँको ठाउँ प्रतिवाद गरिने जानकारी गराउन चाहन्छु। त्यसैले जनसभामा ढुक्कका साथ सहभागी हुन सम्पुर्ण जनसमुदायलाई हार्दिक अपिल गर्दछु। साथै देशै भरिका अनेरास्ववियूका सम्पुर्ण कार्यकर्ता साथिहरुलाई आ आफ्नो जिल्लामा काठमाडौको जनसभामा आउनुहुने जनताको सुरक्षार्थ खटिन निर्देशन गर्दछु।’

महरको धारणा जस्ताको त्यस्तै
नेकपाको आयोजनामा माघ २३ गते सम्पन्न हुने ऐतिहासिक जनसभा र त्यसमा सहभागी हुने जनतालाई अवरोध गर्ने उद्देश्यले भोलि माघ २२ गते आमहडताल भनी मार्चण्ड गुटले गरेको घोषणाको म घोर भत्सर्ना गर्दछु। कायर, अराजक, अवसरवादि, दलाल र गद्धारहरु जनता संग त्रसित हुन्छन । आज मार्चण्ड गुट पनि जनताबाट नांगिसके पछि जनतालाई तर्साउने र अवरोध गर्ने हर्कत गरिरहेको छ । हिम्मत भए जनताका माझ आउन म मार्चण्ड गुटलाई चुनौती दिन चाहन्छु। २३ गतेको जनसभामा सहभागी हुन आउनुभएका जनतालाई यदि कुनै पनि ठाउँमा अवरोध गरिए अनेरास्ववियूले त्यसको ठाउँको ठाउँ प्रतिवाद गरिने जानकारी गराउन चाहन्छु। त्यसैले जनसभामा ढुक्कका साथ सहभागी हुन सम्पुर्ण जनसमुदायलाई हार्दिक अपिल गर्दछु। साथै देशै भरिका अनेरास्ववियूका सम्पुर्ण कार्यकर्ता साथिहरुलाई आ आफ्नो जिल्लामा काठमाडौको जनसभामा आउनुहुने जनताको सुरक्षार्थ खटिन निर्देशन गर्दछु।
प्रकाशित मिति : 19:17









