२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

अख्तियार प्रमुखमा प्रेम राईको सपथले आत्तिएको प्रचण्ड समूहले भोलि नेपाल बन्द गर्ने

२१ माघ, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तामा पूर्व गृहसचिव प्रेम राईले नियुक्ति लिएर सपथ लिएसँगै नेकपाको सडक समूह पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले देशव्यापी आन्दोलनको घोषणा गर्ने भएको छ । राईको नियुक्ति रोक्नका लागि पार्टी फुटाउन कसिएका उनीहरूले नियुक्ति रोक्न नसकेपछि नेपालबन्द सहितका आन्दोलनका कार्यक्रम सार्वजनिनक गर्न लागेका हुन । उनीहरूले आन्दोलनका कार्यक्रम घोषणा गर्न दिउँसो २ बजे तत्कालीन माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरेका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसहितका व्यक्तिहरुको राष्ट्रपति भवन शीतलनिवासमा बुधबार बिहान शपथ ग्रहण गरेका छन्। मंसिर ३० गतेको संवैधानिक परिषद बैठकले अख्तियार र मानवअधिकारसहित विभिन्न संवैधानिक निकाय र आयोगहरुमा ४५ जना व्यक्तिको नियुक्ति, सिफारिश गरेको थियो । संघीय सांसदको कार्य संचालन नियमावली २०७५ अनुसार संवैधानिक परिषदबाट सिफारिश भएकाहरुलाई ४५ दिनसम्म संसदीय सुनुवाइ नभएमा स्वतः नियुक्ति मानिने व्यवस्था छ ।

प्रचण्डका भाइ नारायण दाहालले नेपाल बन्दबारे सूचना सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन ।

प्रकाशित मिति : 12:54