३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

नवलपरासीकाे गैंडाकोटमा बालकको डुबेर मृत्यु

९ असार,नवलपरासी । पूर्वी नवलपरासीको गैंडाकोट–५ मा रहेको गैंडाकोट फन पार्कमा रहेको पोखरीमा आज एक बालकको डुबेर मृत्यु भएको छ ।गैंडाकोट नगरपालिका नजिकै रहेको गैंडाकोट फन पार्कमा पोखरीमा नुहाउने क्रममा डुब्दा गैंडाकोट–८ का १३ वर्षीय सन्देश सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक प्रकास सिंखडाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 23, 2018 at 8:11 pm