२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

४४१ को टाउको गन्ने भन्दा ३ करोड नेपालीबाट फैसला गर्न चुनावको घोषणाः मन्त्री ढकाल

२१ माघ, मोरङ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री भानुभक्त ढकालले सरकारले सम्पूर्ण नेपाली जनताको तर्फबाट फैसलाका लागि चुनवमा जाने निर्णय गरेको बताउनुभएको छ । मोरङको सुन्दरहरैँचामा मंगलबार आयोजित बृहत युवा भेलामा सम्बोधन गर्दै मन्त्री ढकालले ४४१ को टाउको गन्ने भन्दा ३ करोड नेपालीबाट फैसला गर्न चुनावको घोषणा गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले निर्धारित मितमै निर्वाचन हुने भन्दै ढुक्क भएर चुनावी गतिबिधिमा लाग्न निर्देशन दिनुभयो । मन्त्री ढकालले चुनावमा जाने निर्णय लोकतान्त्रिक र विधिसम्मत अग्रगमनको निर्णय रहेको बताउनभयो । जनाधार गुमाएकाहरूले पराजित मानसिकताको कारण चुनावमा जाने भन्दा पनि संसद पुनःस्थापना गरेर स्वास्थसिद्ध गर्न सकिन्छ कि भनेर नागरिकलाइ भ्रमित पार्ने काम गरिरहेको बताउनुभयो ।

सरकारले धेरै काम गरेको बताउँदै उहाँले प्रभावकारी र तीव्र गतिमा काम गर्न नेकपाभित्रबाटै अबरोधको सिर्जना भएको बताउनुभयो । उहाँले पार्टी भित्रकै अबरोधको बीचमा पनि सरकारले देखिने नै गरी धेरै काम गरको बताउनुभो ।

उहाँले सरकारले कामै गर्न नपाउने र नसक्ने परिस्थित विकास भएकै कारण संसद विघटन गरेर ताजा जनादेशका लागि जनतामा जाने निर्णय गरेको बताउनुभयो । मन्त्री ढकालले २ बर्षमा महाधिवेशन गरेर नयाँ नेतृत्व निर्माण गरेर पार्टीलाई गति दिने अभिभारा सहितको पार्टी एकीकरणको भएको भए पनि त्यसले पूर्णता पाउन नसकेको बताउनुभयो ।

प्रकाशित मिति : 06:10