महेश बस्नेतको नेतृत्वमा भोलि १० औँ हजार मोटरसाइकलको जुलुश, यस्तो छ रूट
२० माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बागमती प्रदेश कमिटीको अायोजनामा माघ २३ गते हुने बृहत सभाको तयारीस्वरूप युवा संघ र अनेरास्ववियूले भोलि काठमाडाैँमा संयुक्त रूपमा मोटरसाइकलको जुलुश निकाल्ने भएका छन । नेकपाका प्रभावशाली युवा नेता महेश बस्नेतले नेतृत्व गर्ने उक्त मोटरसाइकल जुलुशमा १० अाैँ हजार युवाले मोटरसाइकलसहित सभागिता जनाउने छन ।

मोटारसाइक जुलुशका लागि रूट पनि कायम गरिएको छ । १२ बजे बालकुमारी पुलबाट सुरू हुने जुलुश तिनकुनेमा पुगेर सकिने छ । जुलुश बालकुमारी-सातदोबाटो-जावलाखेल-थापाथली-त्रिपुरेश्वर-जमल-दरबारमार्ग-नारायणहिटी-जयनेपाल-कमलपोखरी-रातोपुल-गाैशला-एयरपोर्ट हुँदै तिनकुनेसम्म पुग्नेछ । जुलश सफल बनाउन पार्टीका नेता, युवा संघ र अनेरास्ववियूका नेता कार्यकर्ता सबै लागिपरेका छन ।
प्रकाशित मिति : 21:37









