२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

सरकारको पक्षमा फैसला गरे न्यायाधीशहरूलाई थुतेर सडकमा ल्याउछाैँः नेतृ झाँक्री

२० माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ रामकुमारी झाँक्रीले सर्वोच्च अदालतले सरकारको पक्षमा फैसला गरे न्यायाधीशहरूलाई थुतेर सडकमा ल्याउने चेतावनी दिएकी छिन ।प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध कडा अभिव्यक्ति दिँदै आएकी नेकपा दाहाल–नेपाल समूहकी नेतृ झाँक्रीले सर्वोच्च न्यायाधीशहरुलाई चेतावनी दिएकी हुन ।

राष्ट्रपतिविरूद्ध अपशब्द प्रयोग गरेपछि झाँक्रीको मानसिक सन्तुलको प्रश्न उठिरहेकै समयमा उनले मंगलबार सिन्धुलीमा आयोजित कार्यक्रममा सर्वोच्चका न्यायधीशलाइ नै थुतेर सडकमा ल्याउने चेतावनी दिएकी हुन । झाँक्रीले संसद् पुनःस्थापनाको पक्षमा फैसला नगरे सर्वोच्च अदालतबाट न्यायाधीशहरूलाई जनताले थुतेर सडकमा ल्याउने बताइ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजनीतिक मृत्युदण्ड दिनुपर्ने बताइन । एकदमै आक्रोशित रूपमा प्रस्तुत भएकी झाँक्रीले संसद पुनःस्थापना गरेर प्रधानमन्त्री ओली र राष्ट्रपति विद्या भण्डारी नसच्चिए उनीहरु दुवैलाई देश निकाला गर्नुपर्ने बताइन ।

प्रकाशित मिति : 19:26