५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै सुष्मा पुगिन् प्रहरीकोमा


२० माघ, काठमाडाैँ ।  अभिनेत्री सुष्मा कार्कीले सोमबार साँझ दरबारमार्गमा रहेको लण्डन पब क्याफेमा आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । उनले आरती खड्का र पत्रकार उत्सव रसाइलीले आफूलाई कुटपिट गर्दै गालीगलौज गरेको आरोप लगाउँदै मंगलबार विहान महानगरीय प्रहरी वृत्त दरबारमार्गमा उजुरी दिएकी हुन् ।

नायिका सुष्मा कार्कीले आफूलाई उत्सवले गाली गलौज गरेको र आरतीले कुटपिट गरेको बताएकी छिन् । सुस्माले क्याफेमा भएको झगडाको भिडियो समेत प्रहरीमा बुझाएको बताइएको छ । सुष्माले नायिका स्वेता खड्काले पनि आफूलाई अपशब्द प्रयोग गरेको जानकारी दिएकी छिन् । सो समयमा उत्सव, आरतीको साथमा नायिका स्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत पनि थिए ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार १७:१८