५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

फागुन २१ देखि चलचित्र ‘गोर्खे’ प्रदर्शनमा आउने


२० माघ, काठमाडौंँ । नेपाली चलचित्र ‘गोर्खे’ यही फागुन २१ गतेदेखि देशैभर एकसाथ प्रदर्शनमा आउने भएको छ। कोजु इन्टरटेन्टमेनको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु र हरि थापा निर्माता रहेको फिल्म ५ युवा र उनीहरुले देखेको सपनाको बिषयमा निर्माण भएको हो । चलचित्रमा रवीन्द्रप्रताप सेन, अञ्जली अधिकारी, अर्जुन गुरुङ्ग, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राईलगायतका कलाकारकाे प्रमुख अभिनय रहेको छ। यस चलचित्रमा काजी लिम्बुको कथा, हिमाल केसीको द्वन्द्व, सौरभ लामा र निरज कँडेलको छायांँकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।


छिन्दु पाख्रिन र हरि लम्सालको संगीत रहेको फिल्म किम्मत गौतमले निर्देशन गरेका हुन् । फिल्म जिजिए ग्रूप र एफडिले मिलेर बितरण गर्न लागेको बितरक करण श्रेष्ठले जानकारी दिए । पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौँ लगायतका रमणीय स्थानहरुमा छायांकन गरिएको
छ । चलचित्रको रिलिज मितिसँगै चलचित्रको पोस्टर पनि सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा चलचित्रको प्रमुख कलाकारहरुलाई देखाइएको छ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार १३:०२