निर्वाचनले देशबिरोधी र जनविरोधीलाई पराजित गर्नेछः मुख्य सल्लाहकार रिमाल
-प्रशान्तजंग पाण्डे
२० माघ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले निर्वाचनपश्चात् देशविरोधी तथा जनविरोधीहरु पराजित हुने बताउनुभएको छ ।

सोमबार गृह जिल्ला नुवाकोटमा भएको नेकपाका अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै मुख्य सल्लाहकार रिमालले सरकार समयमै निर्वाचन सम्पन्न प्रतिवद्धत रहेको बताउनुयभो । उहाँले मुलुकलाई नयाँ दिशा र सकरात्मक बाटोमा लैजान नेपालको इतिहासमै ओली नेतृत्वको सरकारले अभुतपुर्व काम गरेकोकै कारण केही तत्वहरुले अस्थिरता निम्त्याउन मरिहत्ते गरिरहेको बताउनुभयो ।

मुख्य सल्लाहकार रिमालले जनताको अपार विश्वास र भरोसाले नै आफुहरु विचलित नभइ निर्वाचन गराउने बाटोमा अघि बढीरहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘अब हुने निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको र निर्वाचनपश्चात् देशविरोधी तथा जनविरोधीहरु पराजित हुनेछन ।’ उहाँले अघि भन्नुभयो ‘त्यसपछि हामीले कल्पना गरेको सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना साकार मात्र हुनेछैन, देश नयाँ युगमा प्रवेश गर्नेछ ।’
प्रकाशित मिति : 11:06









