प्रचण्डले कसैको मृत्युमा आफ्नो जीवन देखेः उपप्रधानमन्त्री पोखरेल
१९ माघ, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुष्पकमल दाहाल प्रचण्डले कसैको मृत्युमा नेकपाको दुर्भाग्य प्रचण्डले कसैको आफ्नो जीवन देखेको बताउनुभएको छ । नेकपा नुवाकोटको बृहत भेलामा सोमबार सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले प्रचण्डले कसैको मृत्युमा भविष्य खोजेकै कारण नेकपा दुर्घटनामा परेको बतउनुभयो ।
उहाँले भन्नुभयो ‘अघि लेखराजजीले पनि भन्नुभयो प्रचण्ड भनेको कसैको मृत्युमा जीवन खोज्ने मान्छे हुनुहुँदो रहेछ हामीले चिनेनौँ त्यसबेला । कसैको मृत्युमा जीवन देख्ने । त्यसबेला पूर्व एमालेका मान्छेहरू हामी पहिलो पटक दाँतमा ढुंगा लागेको अनुभव गर्यौँ । हामीले सेचेका थियौँ परपर पुग्नु छ टाकुरमा चढ्नुछ भनेर तर प्रचण्डजी त मृत्युमा आफ्नो भविष्य देख्नुहुँदो रहेछ । ’

सुरूमा सरकार गठन गर्ने बेलामा कांग्रेससँग घाँटी जोडेर प्रचण्डले सरकार गठनको प्रयास गरेको बताउँदै बल्लबल्ल ओलीले बनाएको सरकारलाइ काम गर्न नदिन ७५ दिनसम्म बैठकका नाममा प्रधानमन्त्रीसँग निहुँ खोजेको बताउनुभयो । उहाँले ती ७५ दिनमा देशका बारेमा र विकासका बारेमा नभइ मन्त्रिपरिषद् हेरेफेर र नियुक्तिका विषयमा मात्रै अड्को थापेको बतानुभयो ।
उपप्रधानमन्त्री पोखरेलले सरकार बनेदेखि नै प्रचण्ड र माधवकुमार नेपाल समूहले कचकच शुरु गरी असफल बनाउन मात्रै लागेको बताउनुभयो । उहाँले सानातिना समस्यालाई पाखा लगाएर पार्टी एकीकरण नै गराउन प्रधानमन्त्री केपी शर्मा ओली सफल भए पनि प्रचड र नेपालका तर्फबाट असहयोग मात्र भएर नयाँ पार्टी निर्माणको अभियान चलेको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले तोकिएको समयमा नै प्रतिनिधिसभा निर्वाचन हुने बताउनुभयो । उहाँले कोही कसैले पनि तोकिएका समयमा निर्वाचन होला कि नहोला भनेर आशङ्का गर्नुपर्ने अवस्था नभएको स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो “तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन । निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेका छन् । दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन् । गलत दवाव र धम्कीले निर्वाचन रोकिँदैन ।”
उहाँले नुवाकोट आउनेक्रममा केही अराजक जत्थाले ढुंगामुढा गर्ने र कालो झण्डा देखाउने काम गरेकोप्रति संकेत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाका कार्यकर्ताले जहिल्यै पनि रातो झण्डा बोक्नुपर्ने र हिंसात्मक काममा लाग्न नहुने बताउनुभयो ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशलाई अराजकतातर्फ लैजाने प्रवृत्तिलाई परास्त गर्नका लागि प्रधानमन्त्री ओलीलाई आफूले साथ दिएको बताउनुभयो । उहाँले लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउने काम ओलीले गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमालले विदेशी उक्साहटबाट नै पार्टीभित्र अहिलेको विग्रह आएको बताउनुभयो । उहाँले अर्को समूह पैसा, पद र परिवारमा सीमित भएको जनाउँदै प्रतिस्पर्धा र क्षमताका आधारमा पद पाउनेभन्दा पनि कागताली र अपुतालीमा पद पाउनेबाट केही उपलब्धि नहुने र कम्युनिष्ट आन्दोलन सफल नहुने बताउनुभयो । भेलाको अध्यक्षता नेकपा नुवाकोटका अध्यक्ष बद्री मैनालीले गर्नुभएको थियो । मृत्युमा आफ्नो भविष्य देखेः उपप्रधानमन्त्री पोखरेल
प्रकाशित मिति : 23:07









