५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

फिल्म ‘बनवास’को तयारीमा करिश्मा, मुख्य भूमिकामा छोरी कविता


१९ माघ, काठमाडौंँ । अभिनेत्री करिश्मा मानन्धरले फिल्म ‘बनवास’ निर्माण गर्ने भएकी छन् । सामाजिक संजाल फेसबुक मार्फत उनले फिल्मको घोषणा गरेकी हुन् । फिल्म ‘बनवास’ मा उनकी छोरी कविता मानन्धर र अभिनेता सरोज खनालको मुख्य भूमिका रहने छ । उनले सामाजिक संजाल फेसबुकमार्फत ‘वनबास’को तस्बिर राख्दै ‘कथा परिवारको, कथा सम्बन्धको ‘वनबास’ लेखेकी छन् ।


पछिल्लो समय ‘फागु’ नामक फिल्म बनाएकी करिश्मा केही समयको अन्तरालपछि निर्माणमा देखिन लागेकी हुन् । करिश्माकी छोरी कविताले यसअघि फिल्म ‘एउटा यस्तो प्रेम कहानी’बाट अभिनयमा डेब्यू गरेकी हुन । करिश्माले होम प्रोडक्सनमार्फत निर्माण गर्न लागेको फिल्ममा सुशील क्षेत्रीको निर्देशन रहनेछ । बाबुछोरीको सम्बन्धको विषयमा आफूले फिल्म ‘बनबास’ बनाउन लागेको करिश्माले बताइन् ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १७:३०