११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

युट्युबको एक नम्बर ट्रेन्डिङमा चलचित्र ‘आमा’


१९ माघ, काठमाडौँ । नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबमा अपलोड गरेको दुई दिनमा एक नम्बर ट्रेन्डिङमा आइपुगेको छ ।   दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्र ‘आमा’ मा सुरक्षा पन्त र मिथिला शर्माकाे मुख्य भूमिका रहेकाे छ ।

गत वर्ष फागुन ९ गते हलमा रिलिज भएको चलचित्र ‘आमा’ कोरोना संक्रमणका कारण बीचमै अलपत्र परेको थियो । नौ महिनापछि पुस १० गते सिनेमा हल खुल्दा पुनः यो चलचित्र रिलिज भएको थियो । डीएस डिजिटलको प्रस्तुती चलचित्र ‘आमा’मा शर्मिला पाण्डेको लगानी रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार १६:४६