नागरिक लगानी कोषको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन
१९ माघ , काठमाडौँ । नागरिक लगानी कोषकाे हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेकाे छ । नागरिक लगानी कोषले पुस २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज हो। कोषले चुक्ता पूँजीको ८२.८४ प्रतिशत अर्थात १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद निष्काशन खुला गरेको थियो।

कोषले १० कित्ता शेयर बराबर ८.२८४ कित्ता अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो। कोषको हकप्रदमा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग, टेकु काठमाडौँ, राष्ट्रिय वाणिज्य बैंकका केहि शाखा कार्यालयहरू, नागरिक लगानी कोषको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिनेछ।
कोषले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गरेको थियो। त्यस अनुसार पुस १३ गतेसम्म कायम शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : 11:33









