प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने
१८ माघ, विराटनगर । प्रदेश १ को हिउँदे अधिवेशन माघ २५ गते बस्ने भएको छ । प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार विज्ञप्ति जारी गर्दे माघ २५ गते बैठक बोलाएको बताएका छन्।

प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको पहिलो बैठक यसअघि माघ ७ गते बसेर स्थगित भएको थियो ।
प्रकाशित मिति : January 31, 2021 at 4:24 pm









