६ श्रावण २०८३, बुधबार | Wed Jul 22 2026

भारतमा सर्टिफिकेट किनेर जागिर खाएका इन्सपेक्टर दोलखबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

८ असार, काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेका इन्सपेक्टर दोलखबहादुर कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार बिशेष अदालतमा भ्रष्टाचा मुद्दा दायर गरेको छ । अनुसन्धानका क्रममा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएर पेश गरी जागिर खाएको खुलेपछि आयोगले मुद्दा दायर गरेको हो ।

विभागमा भर्ना हुँदा उनले माध्यमिक शिक्षा परिषद, उत्तरप्रदेश अन्तर्गत रहेको पि.पि.डी. ईन्टरमिडियट कलेज, मच्छलीगाउँ, गोरखपुर भारतबाट आई.ए तह उत्तिर्ण गरेको भन्दै शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी नायव निरीक्षक पदमा भर्ना भएका थिए । गोरखपुरको सो कलेजसँग बुझ्ने क्रममा उनले त्यहाँ नपढेको खुलेपछि उनले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको खुलेको हो ।

प्रकाशित मिति : June 22, 2018 at 3:24 pm