५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

फिल्म ‘बिहे पास’मा दयाहाङ र प्रकृतिको जोडी


१८ माघ, काठमाडाैँ । सामाजिक कथावस्तुमा ‘बिहे पास’ नामक चलचित्र निर्माण हुने भएको छ । प्रवेश पौडेलले निर्देशनमा बन्ने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठकाे मुख्य भूमिका रहेकाे छ । प्रबेशले यसअघि ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए । रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् भने ग्याल्जेन लामा यसका सह–निर्माता हुन् ।

आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन चैत्रबाट सुरु हुनेछ । आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको यो चलचित्रका लागि अन्य कलाकार र प्राविधिकको छनोट कार्य जारी रहेको निर्माणपक्षले बताएको छ । सामाजिक बिषयमा हाँस्यरस मिसाएर निर्माण हुन लागेको चलचित्रको छायांकन तराइका विभिन्न स्थानमा गरिनेछ ।

प्रकाशित मिति : १८ माघ २०७७, आईतवार १२:४७