१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

सबैको लघुवित्त वित्तीय संस्थाले घोषणा गर्याे लाभांश

१८ माघ, काठमाडाैँ । सबैको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।लघुवित्तको माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद गरी कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : January 31, 2021 at 12:16 pm