२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नेकपाभित्र बसेर प्रचण्डले बार्गेनिङ्ग मात्र गरेः मन्त्री ज्ञवाली

१८ माघ, काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पुष्पकमल दाहाल प्रचण्डले नेकपाभित्र बसेर बार्गेनिङमात्र गरेको बताएका छन । शनिबार धादिङ–काठमाडौं सम्पर्कको भेलामा बोल्दै मन्त्री ज्ञवालीले प्रचण्डको ‘दुर्योधन’ चरित्रका कारण प्रतिनिधिसभा विघटन भएको बताए । उनले प्रचण्डले नेकपा समूहमा प्रवेश गरेर महाभारतका पात्र दुर्योधनले जस्तै पार्टीभित्र घमण्ड प्रदर्शन गरेकोे आरोप लगाए ।

ज्ञवालीले भने ‘बहुतप्राप्त सरकार भित्र बसेर प्रचण्डले बार्गेनिङ्ग मात्र गरे । सरकार सञ्चालनमा अवरोध र आफनो स्वार्थका लागि मात्र काम गरे ।’ उनले नेकपालाई विभाजन गर्ने प्रचण्ड–माधव समूहका नेताहरुमा शिष्टता, सव्यता, नेताहरुको चरित्रहत्या गर्ने काममा लागेको बताए ।

सो कार्यक्रममा धादिङ जिल्ला धुनिवेशी नगरपालिका वडा नम्बर ९ स्थायी घर भएका नेकपाका कार्यकर्ता विक्रमजंग राना सम्मानित भएका थिए । उनले केही दिनअघि प्रधानमन्त्री ओलीको तस्बीर अंकित ट्याटु खोपाएका थिए । उनले काठमाडौँको कालीमाटीको एउटा ट्याटु सेन्टरमा गएर प्रधानमन्त्रीको तस्बीरको ट्याटु खोपेको थिए । सम्पर्क मञ्चले मन्त्री ज्ञवालीबाट खदा लगाएर उनको सम्मान गरेको थियो ।

प्रकाशित मिति : 10:11