९ कार्तिक २०८३, आइतबार | Sun Oct 25 2026

ज्योतिष शास्त्रका अनुसार पूर्व जन्मको कर्मको फल यो जुनीमा भोग्नै पर्छः ज्योतिष खनाल

-भुमराज तिवारी

कर्म अनुसारको फल, भावीले लेखेको कुरा कसैगरी मेटिदैन, छैटौँमा जे लेख्यो त्यही नै जिन्दगी हो, आफनो कर्म नभोगी सुखै छैन, प्रारब्धको भोग, पूर्वजन्मको फल अनि यस्तै यस्तै अनेकौ कुराहरु दैनिक जीवनमा सुन्दै, सहँदै आइरहेका छौ । मानिसले अहिले वर्तमानमा जुन जीवन बाँचीरहेको छ त्यसको लागी हिजोको पृष्ठभुमीको महत्वपूर्ण भूमिका हुन्छ । अर्थात पूर्वजन्मको कर्मका कारण व्यतिmले त्यही नै भोग्नुपर्दछ जुन निश्चित छ र जसको समाधान केही पनि छैन । किनकी सवै कुरा त निश्चित भएरै आएको हुन्छ । हामी त कर्ता हौ कारक अरु कोही छ । अर्थात हाम्रो कार्यतालिकामा फेरबदल गर्न सकिन्न, पाइन्न ।

माथि उल्लेखित विषयहरुको सन्र्दभमा पक्ष र विपक्षका मत मतान्तर दैनिक सुन्न र देख्न पाइन्छ समाजमा । कसैले सहज रुपमा स्विकार गरेको विषयवस्तु कसैले असहज रुपमा अस्विकार गरेको पाइन्छ । आखिर सत्य त दुईवटा हुन्न । हामीमा ज्ञानको कमी हुनु वा भ्रम हुनु अलग कुरा हो । आम मानिसहरु भविष्यप्रति चिन्तित, सजग र अव के होला भन्ने उत्सुक भावमा हुन्छन । जुन वर्तमान र बितेको समयप्रति कम चासो राख्छन । तर ज्योतिष शास्त्रको अनुसार हाम्रो जीवनको सवै कुराको निर्धारण ईश्वर वा परमात्माबाट भएर मात्र हामी कर्म भोग्न आएका हुन्छौ । जसलाई हामीले थप्न वा घटाउन सक्दैनौ । निष्कर्षमा स्विकार गर्नुको अर्को नाम नै जीवन जीउनु हो ।

ज्योतिषी ज्योति र इस शब्दको मिलनबाट बनेको छ । ज्योति भन्नाले प्रकाश र इस भन्नाले ईश्वर भन्ने बुझाई छ अर्थात ईश्वरको आँखाले देख्ने कुरा नै ज्योतिष विज्ञान हो । ज्योतिष शास्त्र आफैमा विज्ञान सम्मत कुरा हो र यसैको आधारमा व्याख्या विश्लेषण हुने गर्दछ । ज्योतिष विज्ञानका अनुसार पूर्व जन्मको कर्मको फल भोग्न हामी यो जुनीमा आएका हुन्छौै । लेखिएको कुरा मेटिन सक्दैन र त्यसलाई हामीले चाहेर वा नचाहेर भोग्नै पर्ने हुन्छ ।

जसरी एउटा डाक्टरले ल्यावबाट प्राप्त रिर्पोटहरुको विश्लेषण सुनाउने काम गर्दछ त्यसैगरी ज्योतिषले पनि आफनो रिर्पोटलाई विश्लेषण गर्ने काम गर्दछ । सानो मात्र कुरा थप वा घट गर्दा ज्योतिषको मर्म गुम्ने गर्दछ । धेरै मानिसहरुमा ज्योतिषीले भनेको कुरा आफनो जीवन भोगाईमा मिल्यो वा मिलेन भनेर फरक फरक विश्लेषण हुदै आइरहेको छ । त्यसैले ज्योतिषी गलत हुन सक्छ तर ज्योतिष शास्त्र विज्ञान सम्मत कुरा हो ।

चिना, टिप्पणी, हस्तरेखा, अनुहार हेरेर वा अदृश्य रुपमा पनि ज्योतिषी हेर्ने परम्परा विश्वभर नै प्रचलनमा रहेको छ । ज्योतिषी विज्ञानको सेरोफेरोमा रहेर युवा ज्योतिष प्रतित खनालसँग गरिएको भिडियो कुराकानी ।

प्रकाशित मिति : January 30, 2021 at 9:25 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/