२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

समृद्ध जीवन बनाउनका निम्ती हरेक क्षेत्रमा गरेर खाने सोचको विकास गर्नुपर्छः मन्त्री अर्याल

१६ माघ, काठमाडौँ। कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कलंकी कृषि तथा तरकारी बजारको उद्घाटन गर्नुभएको छ । आज (शुक्रबार) कलंकीस्थित उक्त कृषिबजारमा आयोजीत औपचारिक कार्यक्रममा मन्त्री अर्यालले उक्त बजारको उद्घाटन गर्नुभएको हो ।

सहिद दिवसको अवसरमा आयोजीत उक्त कार्यक्रममा मन्त्री अर्यालले जहानीय राणा शासनकालमा जनताको पक्षमा लड्नेक्रममा ज्यानको आहुती दिने सहिदको तस्विरमा माल्यार्पण गर्नुभएको थियो ।

सहिदको तस्विरमा माल्यार्पण गर्दै उहाँले तत्कालिन समयमा जनताका पक्षमा आवाज उठाउने क्रममा बलिदानी दिने बीर सहिद तथा सम्पूर्ण सहिदहरुको योगदानकै कारण अहिलेको अवस्था सिर्जना भएको बताउनुभएको थियो । ‘सहिदहरुले परिवर्तनका निम्ती आफ्नो जीवनको आहुती दिनुभएको ।

तात्किालिन समयमा जनताका आवाज बोल्ने जनताका अगुवालाई तत्कालिन शासकहरुले निर्ममतापूर्वक हत्या गरेको थियो छ’, मन्त्री अर्यालले भन्नुभयो, ‘उहाँहरुको बलिदानीपछी मूलुकले क्रमशः धेरै राज्यसत्ता परिवर्तन गर्दै जनताको जीवनको सुधार, मुलुकको समृद्धिको दिशामा अगाडी बढिरहेको छैन ।’

‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने मूल नारासहित सरकारको दिर्घकालिन लक्ष्यलाई पुरा गर्नका निम्ती सरकार लागिरहेको बताउँदै उहाँले किसानले उत्पादन गरेको उत्पादित वस्तुको बजारको सुनिश्चितता गरिदिन यस्ता बजारहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
गरेर होइन ठगेर खाने मानसिकताबाट नेपाली समाज लामो समय प्रताडित बनेको बताउदै उहाँले समृद्ध जीवन बनाउनका निम्ती अब हरेक क्षेत्रमा गरेर खाने सोचको विकास गर्नुपर्ने बताउनुभयो । ‘यो जमाना श्रमलाई

प्रकाशित मिति : 15:26