२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

सरकारले घोषणा गरेको निर्वाचनलाई कुनै माइकलालले पनि रोक्न सक्दैन्ः मन्त्री श्रेष्ठ

१६ माघ, काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कुनै माइकलालले पनि रोक्न नसक्ने ठोकुवा गर्नुभएको छ । काठमाडौँ महानगरपालिका–१४ खड्का गाँउमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सो भनाई सार्वजनिक गर्नुभएको हो ।

‘सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकीर गर्दै अब मुलुक चुनावमय भैसकेको उहाको धारणा थियो । उहाले यो सरकारले दर्जनौ गौरबका योजना सम्पन्न गर्दापनि काम गर्न नसकेको आरोप लगाउनु मुर्खता भएको बताउदै अधिकांस आयोजना यही सरकारले पुरा गरेको बताउनुभयो ।

तपाईहरु हेर्नुस रानीपोखरी बन्यो, धरहरा बन्दैछ, देशका दुई ठुला अन्तराष्ट्रिय विमानस्थल तयार भए ,पाइपलाइनबाट तेल आउन थालिसक्यो , रेल सञ्चालन अन्तिम तयारीमा पुगेको छ , ठाउँ ठाउमा सुरुङमार्ग निर्माण भैरहेका छन भन्नुस त यो काम कस्ले गर्यो ? सबै यही सरकारको प्रगति हो ।

उहाले मुलुकलाई थप विकासको गतिमा लैजाने निर्वाचन अपरिहार्य भएकोले सरकारले आगामी वर्ष बैशाख १७ र २७ गते निर्वाचनको मिति घोषणा गरिसकेको दोहोर्याउनुभयो । उहाले देशका १ सय ६५ निर्वाचन क्षेत्रमध्य आफ्नो क्षेत्रमा विकासको लहर ल्याउन सफल भएको दाबी गर्दै उहाले भन्नुभयो–मैले गरेको विकास मेरो पार्टीको लागि मात्रै होइन, सबै जनता सबै पार्टी र मेरो निर्वाचन क्षेत्रको लागि हो ।

उहाँले करिब साढे २ वर्षको अवधीमा आफुले बलम्बुदेखि दहचोक, रामकोटदेखि भीमढुंगा लगायत सबै क्षेत्रमा विकासका दर्जनौ योजना सम्पन्न हुने कार्य भैरहेको जानकारी गराउनुभयो । काठमाडौ निर्वाचन क्षेत्र–९का संघीय सांसद श्रेष्ठले भन्नुभयो–मेरो निर्वाचन क्षेत्रमा सर्वमान्य नेता गणेशमान, मदन भण्डारीको नाममा पार्क निर्माण भैसकेका छन्, जापान सरकारको सहयोगमा ५० वटा साकुराको बिरुवा

प्रकाशित मिति : 14:20