५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

प्रचण्ड र माधव नेपालहरू बाहिरिएपछि पार्टी एकताबद्ध र अनुशासित बन्याेः प्रधानमन्त्री ओली

१५ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बल्ल एकताबद्ध र अनुशासित भएको बताएका बताउनुभएकाे छ। ट्रेड युनियन महासंघ जिफन्टको काठमाडौँमा आयोजित राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड र माधव नेपालहरू बाहिरिएपछि पार्टी एकताबद्ध भएको बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘पार्टी इतिहासमा अहिलेजस्तो एकताबद्ध र अनुशासित कहिल्यै पनि थिएन,  प्रचण्ड र माधव नेपालरूपी पिलो टन्किरहेको रहेछ। पिलो निचोरिएपछि बल्ल आनन्द भएको छ।’
उहाँले प्रचण्ड अस्थिर भएको भन्दै अब कतैबाट पनि चुनाव जित्न नसक्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे ‘२०७४ को चुनावमा चितवनबाट हामीले गएर भोट हालिदिनुस् भनेर भाषण गरेर जिताएको हो। ७० सालमा बत्ती निभाएर बाकस साटेर जितेको हो। रोल्पादेखि सिराहासम्म भ्याइसक्नुभो अब कहाँ जानुहुन्छ?

प्रकाशित मिति : January 28, 2021 at 4:14 pm