२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

पुल निर्माणमा अबरोध गर्ने माधव गजुरेल पक्राउ, छुटाउन नेकपा र कांग्रेस नेताको लाइन

१४ माघ, नुवाकोट । राज्यले नियम अनुसार दिने मुअब्जा नलिएर नुवाकोटको देविघाटमा पुल निर्माणमा अबरोध गर्ने स्थानीय माधवकुमार गजुरेल पक्राउ परेका छन । गल्छी त्रिशूली मैलुङ्ग स्याफ्रुवेशी रसुवागढी सडक खण्डको देविघाटमा तादी खोला माथि बन्ने पुलका लागि गजुरेलले अबरोध सिर्जना गरेका हुन ।

उनले मंगलबार छलफलका लागि पुगेको आयोजनाका प्रमुख र इन्जिनियहरूलाइ धम्की दिएपछि उनीहरूले प्रशासनमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा प्रहरीले गजुरेललाइ पक्राउ गरेको हो । गजुरेललाइ छुटाउनका लागि नेकपाका केन्द्रीय सदस्यहरू, सांसद र नेपाली कांग्रेसका नेताहरको जिल्ला प्रहरी कार्यालयमा लाइन नै लागेको छ । ती नेताहरूले एउटा सहमति गराएर भोलि बिहान प्रहरी कर्यालयमा उपस्थित गराउने शर्तमा गजुरेललाइ छुटाएर लैजान लागेका छन ।

मंगलबार गजुरेलको घर नजिक वडा अध्यक्ष शिव चित्रकारसहितको उपस्थितिमा भएको छलफलमा उल्टै गजुरेलले आयोजनाका इन्जिनियर र कर्मीचारीलाइ धम्की दिएपछि इन्जिनियरहरूले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । उजुरीमा ज्यानको तलमाथि हुन सक्ने भएकाले सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन अनुरोध गरिएको सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । प्रमुख भण्डारीले प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालसँग सुरक्षाको प्रत्याभूति गराई निर्माण कार्य अगाडि बढाउन सहजीकरण गरिदिन र निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग पनि गरेका छन ।

यो पनि पढ्नुहोस्

-सर्वजनिक जग्गामा घर बनाएर पुल निर्माणमा अबरोध, मुअब्जा लिन अनुरोध गर्दा उल्टै धम्की

प्रकाशित मिति : १४ माघ २०७७, बुधबार २२:०५