२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रचण्डको स्थायी कमिटी बैठक आइतबार पेरिसडाँडामा बस्ने

१० माघ, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्डको स्थायी कमिटी बैठक आइतबार बस्ने भएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपाको स्थायी कमिटी बैठक आइतबार साढे बाह्र बजे बस्ने जानकारी दिनुभयो ।

शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडाँमा उपलब्ध स्थायी कमिटी सदस्यहरु बीचमा पार्टीको ९ गतेको विरोध सभाको समिक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको उहाँको भनाई छ । उहाँले आइतबार थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने जानकारी दिनुभयो ।

प्रकाशित मिति : 17:46