प्रचण्डलाई ओलीको सन्देशः वास्तविक जनप्रदर्शन हेर्न माघ २३ कुर्नु
९ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताउनुभएको छ । शुक्रबार काठमाण्डौमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुहरुले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताउनुभएको हो ।

प्रधानमन्त्रीले शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गर्नुभयो । प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको बिरोध सभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्कि नदिन पनि चेतावनी दिनु भयो । यस्तै बिरोधसभालाई देशभरी बाट अलि अलि मान्छे जम्मा भएको टिप्पणी गर्नुभयो ।
प्रकाशित मिति : 20:09









