सर्वोच्चमा बहस गर्न आधा घण्टाको समय तोकियो
७ माघ, काठमाडौँ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा जारी सुनुवाइमा बहस गर्न अधिवक्ताहरुलाई आधा घण्टाको समय तोकिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आधा घण्टाको समय निर्धारण गरेका हुन् । यसअघि एउटै अधिवक्ताले घण्टौँ बहस गरेपछि समय अभाव हुनसक्ने भन्दै बहसलाई छाेटाे बनाउन न्यायाधीशहरुले सुझाव दिएका थिए ।

बहस सुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर राखिएको छ । प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध गत आइतबारदेखि सर्वोच्चको संवैधानिक इजलासमा सुनुवाई जारी छ ।
प्रकाशित मिति : 12:47









