२३ बैशाख २०८१, आईतवार | Sun May 5 2024

प्रदेश १ मा प्रचण्ड समुहलाई अर्काे झट्का, १३ सांसदले अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिँदै


५ माघ, काठमाडौँ ।  प्रदेश १ मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने नेकपा प्रचण्ड–माधव समूहमा रहेका १३ जना सांसदले हस्ताक्षार फिर्ता लिने तयारी गरेका छन । ती मध्येक तीन जना सांसदहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामै फर्कने घोषणा गरिसकेका छन ।  तिनै जना सांसदहरुले मुख्यमन्त्री राईबिरुद्ध अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता गर्ने निर्णय गरेका हुन् ।

प्रचण्ड–माधव समुहको दवावमा आइ प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता लिने निर्णय गरेका हुन् । उनिहरूकाे यो निर्णयसँगै प्रदेश १ प्रचण्ड माधव समुह निकै कमजोर बनेको तथ्य बाहिर आएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाकै अर्को पक्ष प्रचण्ड–माधव समूहले देशव्यापी रूपमा यसको विरोध गर्दै आइरहेको छ। मुख्यमन्त्री राईविरूद्ध अबिश्वास प्रस्तावमा नेकपाका ३७ सदस्यले हस्ताक्षर गरेका थिए । हस्ताक्षरकर्तामध्ये दुई जना सांसदले यसअघि नै फिर्ता लिएका छन् । थप तीन सांसदले हस्ताक्षर फिर्ता लिएसँगै अब प्रचण्ड–माधव समुहमा ३२ जना सांसद मात्रै बाँकी रहेका छन । प्रचण्ड–माधव समुहका थप आधा दर्जन सांसद पनि हस्ताक्षर फिर्ता लिएर प्रधानमन्त्री ओली नेतृत्वको संस्थापनमै फर्कने योजना अघि बढाएका छन ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार १६:२८