१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

चन्द्रागिरी हिल्सको आइपीओ यसै साता बाँडफाँड हुने

५ माघ , काठमाडाैँ। चन्द्रागिरी हिल्सको आइपीओ यसै साता बाँडफाँड हुने भएको छ। आगामी शुक्रबारसम्ममा आइपीओ बाँडफाँड गर्ने तयारी गरेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

कम्पनीले पुस २४ गतेदेखि प्रतिकित्ता १०० अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको थियाे। भने बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गर्नेछ।

कम्पनीले बिक्री गरेको आइपीओमा अन्तिम दिनसम्ममा १७.५३ गुणा बढी आवेदन परेको छ। यो आइपीओमा परेको सबैभन्दा बढी आवेदन हो। शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोवल आईएमई क्यापिटलका अनुसार कम्पनीको शेयरमा १२ लाख ५१ हजार १० जना आवेदनबाट २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता अर्थात २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर माग गरिएको छ।

अहिलेसम्म उपलब्ध तथ्याँकलाई हेर्दा कम्पनीकाे आइपीओमा आवेदन गर्ने १ लाख ३९ हजार ६०२ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन् भने ११ लाख भन्दा बढी आवेदकको हात खालि हुने छ।

प्रकाशित मिति : January 18, 2021 at 11:26 am