३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने शिक्षिकालाई सजायकाे माग

६ असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति निकेतन माध्यमिक विद्यालय, सिपाडोल, भक्तपुरमा कार्यरत प्रावि शिक्षिका सीताकुमारी बन्जारा केसीविरुद्ध जरिवाना र कैद सजाय हुन मागदाबी गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

शैक्षिक प्रमाणपत्र नक्कली भएकाले छानविन गरी आवश्यक कारबाही गरिपाउँ भन्ने व्यहोराको उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश भारतबाट प्राप्त गरेको हाइस्कुल तहको, नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी उक्त पदमा नियुक्ति लिइ हालसम्म कार्यरत रही लाभ समेत लिएकाले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा १६ को उपदफा (१) बमोजिम उनीविरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : June 20, 2018 at 6:09 pm