सिंगटी हाइड्राे इनर्जीको आइपिओ आजदेखि बिक्री खुल्ला
४ माघ, काठमाडाैँ । सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले आजबाट साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ । कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गर्न लागेको हो।

उक्त क्षेत्रमा बसाेबास गर्ने नेपाली नागरिकहरूले मात्र यस आइपीओमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आइपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम २ लाख कित्ताको लागि छिटोमा माघ १८ गते र ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।
प्रकाशित मिति : January 17, 2021 at 10:01 am




