२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

नेकपा पञ्चकन्या गाउँपालिका कमिटी विस्तार, वडा संयोजक र सचिव पनि तोकिए

-प्रशान्तजंग पाण्डे

३ माघ, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पञ्चकन्या गाउँपालिका कमिटी विस्तार भएको छ । ७५ सदस्यीय कमिटी बिस्तार गरेर १२५ सदस्य कमिटी गठन गरिएको नेकपा नुवाकोटका नेता रामनाथ खनालले जानकारी दिए ।

रामेश्वर सुवेदीको अध्यक्षतामा भएको कमिटीको विस्तारित बैठकले केही नयाँ सदस्य थप्दै गाउँकमिटी १२५ सदस्यी बनाएको हो । कमिटीको विस्तारका लागि भएको बैठकमा शुभकामना दिन काठमाडौँबाट केन्द्रीय सदस्य रामशरण प्याकुरेल र विदुरबाट केन्द्रीय सदस्य विन्दा ढुंगाना पञ्चकन्या पुगेका थिए ।

जिल्ला कमिटीका कार्यालय सदस्य एवं सांसद बद्री मैनाली, जिल्ला कमिटीका सचिवाल सदस्यद्धय काशिराज अधिकारी र बलराम आचार्य लगायतका नेताहरूले पनि शुभकामना दिएका थिए ।

बैठकले पञ्चकन्या गाउँपालिकाका ५ वटै वडाको पार्टी वडा संयोजक र सचिवको चयन पनि गरेको छ । जसअनुसार वडा नम्बरको अध्यक्षमा रेशम पन्त र सचिवमा रामकृष्ण ढकाल । वडा नम्बर २ को संयोजकमा धर्मप्रसाद कोइराला र सचिवमा अमृत तमाङ रहेका छन ।

त्यस्तै वडा नम्बर ३ को संयोजकमा राम थापा र सचिवमा गोकर्ण भण्डारी चयन भएका छन । यस्तै वडा नम्बर ४ को अध्यक्षमा श्रीकृष्ण अधिकारी र सचिवमा राजकुमार थापा र वडा नम्बर ५ को संयोजकमा राम थापा र सचिवमा कृष्णप्रसाद गौतम चयन भएका छन ।

विस्तारित बैठकमा तीन सय भन्दा बढी नेता कार्यकर्ता सहभागी रहेको नेता खनालले जानकारी दिए । बैठकमा पूर्व एमालेका एक जनाबाहेक सबै मुलधारको नेकपामा एकताबद्ध भएका छन भने पूर्व माओवादीका युद्दका नेतृत्व गरेका नेताहरू समेत मुलधारकै नेकपामा एकताबद्ध भएका छन ।

प्रकाशित मिति : 23:21