तारकेश्वरबाट हराएका नेकपा नेता सूर्यगढीमा नेकपा छाडेकाहरूको भेलामा भेट्टिए
-प्रशान्तजंग पाण्डे
३ माघ, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नुवाकोटमा अहिले तीब्र ध्रुवीकरण चलिरहेको छ । शनिबार नुवाकोटको तरकेश्वर गाउँपालिकामा मुलधारको नेकपाको भेला गर्न आयोजकको रूपमा प्रमुख अतिथिलाइ निमन्त्रणा गरेको व्यक्ति नुवाकोटकै सूर्यगढीमा नेकपा छाडेर अलग गतिबिधि गरिरहेकाहरूको भेलामा भेट्टिएका छन ।

शनिबार बिहान एकैछिन तारेकश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्ती अपहरणमा परेको हल्ला चल्यो । उक्त हल्ला समाजिक सञ्जालमा भाइरल पनि बन्यो । नेकपाकै नेताहरूले आफ्नो नेता अपहरणमा परेको उल्लेख गर्दै टिप्पणीहरू सार्वजनिक गरे । तर दिउँसो अपहरणमा परिएका भनिएका नेता वस्ती नेकपाकाबाट बाहिरिएर गतिबिधि गरिरहेका नेताहरूको भेलामा देखिएको फोटो सार्वजनिक भयो ।

वस्तीले तारकेश्वरको मुलधारको नेकपाको भेलाका लागि नेकपाका केन्द्रीय सदस्य एवं नुवाकोट एमालेका पूर्व इन्चार्ज खेम लोहनीलाइ डाकिएको थियो । लोहनी वस्तीकै जोडमा तारकेश्वर पुगेका थिए तर लोहनीलाइ निमन्त्रणा गर्ने भेलामा सहभागी हुन्छु भनेका वस्ती एकजना म्यानपावर व्यवसयीको बलमा सूर्यगढीको भेलामा पुगेका जानकारी दैनिकीले प्राप्त गरेको छ ।

तत्कालका लागि कुनै पनि समूहमा नलाग्ने भनेर खतिवडा एण्ड कम्पनीको क्षेत्रीय भेला बहिष्कार गरेका वस्ती शनिबारको तारकेश्वरको भेलामा सहभागी हुने सूचना पाएपछि उक्त कम्पनीका कार्यकर्ताले मोबाइल अफ गरेर उनलाइ नियन्त्रणमा लिएर त्यहाँ पुर्याएको नेताहरूले बताएका छन । नेताहरूले स्वतन्त्र बस्ने वा कुन कित्तामा लाग्ने भन्ने व्यक्तिको स्वतन्त्रताको कुरा भए पनि जवर्जस्ती गर्नु गलत भएको बताएका छन ।
प्रकाशित मिति : January 16, 2021 at 10:53 pm









