१४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026

पाकिस्तानको केटु हिमालको शिखरमा नेपाली टोलीद्धारा हिउँदमा पहिलाे आरोहणको कीर्तिमान

३ माघ, काठमाडौं । नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको आरोहण गरी इतिहास रचेका छन् ।संसारको दोस्रो सर्वोच्च शिखरमा हालसम्म हिउँद याममा कोही पनि पुग्न सकेको थिएन । आठ हजार मिटरभन्दा माथिका शिखरमध्ये यो हिमाल मात्र हिउँदमा आरोहण हुन सकेको थिएन ।

तर नेपालका निर्मल निम्सदाइ पुर्जा, मिङ्मा जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा तेन्जी शेर्पा, गेल्जे शेर्पा, दावा तेम्बा शेर्पा, पेमछिरी शेर्पा, किलुपेम्बा शेर्पा, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाले शनिबार साँझ ५ः ४५ बजे स्थानीय समयअनुसार ५ बजे ८ हजार ६११ मिटर अग्लो शिखरको सफल आरोहण गरेका छन् ।दश आरोहीमध्ये मिङ्मा जी शेर्पाले अक्सिजनबिना नै आरोहण गरेका छन् ।आधार शिविरमा रहेका सेभेन समिट ट्रेक्सका छाङदावा शेर्पाले आरोहणको सफलता पुष्टि गरे । सुरुमा तीन ओटा समूहमा विभाजित पर्वतारोहीहरू अन्तिममा एकसाथ शिखरमा पुगेका थिए ।

प्रकाशित मिति : January 16, 2021 at 8:28 pm