७ असार २०८३, आइतबार | Sun Jun 21 2026

निर्वाचनको तयारीमा जुट्न मन्त्री नेम्वाङकाे आह्वान

३ माघ, पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनको तयारीमा जुट्न कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा शुक्रबार फिदिममा आयोजित बृहत् कार्यकर्ता भेलामा उहाँले ताजा जनादेशबाट मुलुकलाई निकास दिनुको विकल्प नरहेको वताउनुभएको हो । “नेकपाकै बहुमत रहे पनि सरकारले काम गर्न नसक्ने स्थिति निर्माण गरिएपछि दुई वर्ष किन खेर फाल्ने भनेर सरकारले ताजा जनादेशमा जाने निर्णय लिएको हो”, उहाँले भन्नुभयो, “सर्वोच्च अदालतले स्टेअर्डर जारी नगरेपछि निर्वाचन हुने निश्चित भयो, अब तयारीमा लागौँ ।”

मन्त्री नेम्वाङले वर्तमान सरकारकै कारण सधैँ खर र फुसको छानोमा बस्न विपन्न नागरिकले जस्तापाता पाएको, सबै नागरिकलाई स्वास्थ्य, विद्युत्, खानेपानी, सडकसहितका पूर्वाधारको पहुँचमा पु¥याउने प्रयास भएको र राष्ट्रियतालाई बलियो बनाउने कार्यमा सफल भएकाले यिनै उपलब्धि लिएर जनतामा जान पार्टी कार्यकर्तालाई आग्रह गर्नुभयो । “वर्षौँवर्ष हुन नसकेका काम यो सरकारले गरेको छ”, उहाँले भन्नुभयो, “यिनै कुरा लिएर जनतामा जानुपर्छ ।”

फाइल फाेटाे

 

 

 

नेकपा प्रदेश कमिटी सदस्य देवराज घिमिरेले हत्याहिंसाका काममा संलग्नदेखि जातीवादी र राजावादीसँग साँठगाँठ गर्ने कोही पनि कम्युनिष्ट हुन नसक्ने भन्दै सरकारले गरेका कामहरु नै जनतामा पु¥याउन सके पर्याप्त हुने बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले ताजा जनादेश लिन जनतामा जाने कुरालाई अस्वीकार गर्नु लोकतान्त्रिक चरित्र नभएको बताउनुभयो । उहाँले मुलुकको विकास र समृद्धि, नागरिकको सुखसुविधा तथा राष्ट्रियताको संवद्र्धनका लागि जनतालाई बुझाउनुपर्ने समय आएको बताउनुभयो ।

नेकपाका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष राजकुमार भण्डारीले नयाँ जोशसहित पार्टी निर्माण गर्नुपर्नेमा जोड दिँदै विगतमा समेत विभाजनका दुःखद् घटनापछि विजय प्राप्त गरेको स्मरण गर्नुभयो ।

प्रकाशित मिति : January 16, 2021 at 12:02 pm