नेकपाका नेता एवं पूर्व राज्यमन्त्री दिनेशचन्द्र यादवको निधन
१ माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय कमिटी सदस्य एवं पूर्व सांसद दिनेशचन्द्र यादवको निधन भएको छ । उहाँको उपचारका क्रममा काठमाडाैँमा निधन भएको हो । उहाँको ग्राण्डी अस्पतालमा उपचार भईरहेको थियो ।
अस्पतालले उहाँको निधन भएको जानकारी दिएको सहयोगी सोहनलाल यादवले बताउनुभयो । यादव देवी ज्ञवाली नेतृत्वको भुमि समस्या समाधान आयोगको सदस्य हुनुहुन्थ्यो ।

यादवले संविधान सभा सदस्य भइ संविधान निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको थियो । उहाँका ४ छोरा, ५ छोरी र श्रीमती हुनुहुन्छ । उहाँ साविक नेकपा एमाले हुँदै नेकपा समेतको बाँके जिल्ला इन्चार्ज हुनुहुन्थ्यो । साविक लक्षमणपुर गाविस अध्यक्षबाट राजनीतिक र जनप्रतिनिधिको भूमिकामा रहनु भएका यादव राज्यमन्त्री समेत हनुभयो ।
प्रकाशित मिति : 08:29









