१५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026

नेपालकै सबैभन्दा ठूलाे ८ अर्वको सेयर निष्कासन माघ २ देखि हुँदै

२९ पुस, काठमाण्डौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पूँजी बजारको इतिहासमै सबै भन्दा ठूलोे ८ अर्व बराबरको सार्वजनिक निष्काशन माघ २ देखी हुने भएको छ । यस निष्काशनका लागि यस अघि नै निष्काशन कम्पनी नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्रीप्रबन्धक नियुक्त गरेको छ ।

जम्मा २० अर्व चुक्ता पूंजी रहेको यस बैंकको १२ अर्व संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बांकी रकम यस निष्काशनबाट चुक्ता हुनेछ । हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो सार्वजनिक निष्काशनका लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : January 13, 2021 at 4:33 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/