२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

सर्वोच्चमा विचाराधीन मुद्दामा पूर्वप्रधानन्याधीशले बोल्नु गलतः कांग्रेस नेता भण्डारी

२८ पुस, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले सर्वोच्चमा विचाराधीन रहेको विषयमा पूर्वप्रधानन्याधीशले बोल्नु गलत भएको बताएका छन । सोमबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले वुटवलमा गरेको अन्तरक्रियामा नेता भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताए ।

उनले भने ‘विधिको शासन र व्यवस्थाप्रति विश्वास गर्नेले नै संसद् विघटनका बारेमा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेका विषयमा बोल्नु गलत छ ।’ नेता भण्डारीले सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने पनि बताए ।

प्रकाशित मिति : 08:10