२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

प्रचण्डको सत्तामोहले दुर्घटना निम्तियोः नेकपाका नेताहरू

-प्रशान्तजंग पाण्डे

२७ पुस, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरूले पुष्पकमल दहाल प्रचण्डका कारण दुर्घटना निम्तिएको बताएका छन । नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिकामा नेकपा कमिटीको विस्तारित बैठकमा नेकपाका केन्द्रीयसद्धय केशवराज पाण्डे र विन्दा ढुंगानाले प्रचण्डको सत्तामोहका कारण संसद विघटनको अवस्था सिर्जना भएको बताए ।

पाण्डेले प्रचण्डले जनतासंग चुनावमा गरेको वाचा बिर्सिएर प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेको बताए । उनले  प्रचण्डको गद्दारीकै प्रधानमन्त्री केपी शर्मा ओली अफ्ठेरोमा परेर संसद विघटन गरेको बताए ।

त्यस्तै अर्का केन्द्रीय सदस्य ढुंगानाले नेकपा नफुटेको र प्रचण्डहरू चोईटिएर गएको बताइन । उनले नुवाकोटमा नेकपाको मुलधार कमजरो नरहेको भन्दै सबैले आफ्नो ठाउँबाट लाग्नुपर्ने बताइन ।

सो कार्यक्रममा बागमती प्रदेशका सांसद एवं नेकपाका युवा नेता बद्री मैनालीले प्रचण्डको पद लोभको कारण देशमा राजनीतिक संकट गहिरिएको बताए । उनले तीन बर्षसम्म पनि पार्टीको काममा सिन्को पनि नभाच्ने प्रचण्डहरू अहिले छाडा गफ दिँदै हिड्ने गरेको बताए ।

प्रकाशित मिति : 23:10