२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

अनेरास्ववियूको केन्द्रीय कमिटीमा नुवाकोटका १६ विद्यार्थी नेता

-प्रशान्तजंग पाण्डे

२७ पुस, नुवाकोट । अनेरास्ववियूको नयाँ केन्द्रीय कमिटीमा नुवाकोटबाट १६ जना केन्द्रीय सदस्य परेका छन । जिल्लाबाट नुवाकोट संयोजक विष्णु दाहालसहित १६ जनाले केन्द्रीय सदस्य हुने अवसर पाएका छन । नुवाकोटको भूगोलबाट बिष्णु दाहालसहित रुपक रिजाल, रिपेश तिवारी, राजन ढकाल, राजकुमार तामाङ, बिष्णुहरि रिमाल(सत्य),सम्झना अधिकारी केन्द्रीय सदस्य बनेका छन ।

यस्तै नुवाकोट स्थायी घर भएका तर विभिन्न क्याम्पसमा अध्यनका क्रममा रहेकाहरू पनि केन्द्रीय सदस्य बनेका छन । काठमाडाैँमा रहेका केन्द्रीय सदस्य हुने नुवाकोटका विद्यार्थीहरूमा राजेन्द्र गजुरेल, हरिहर सिलवाल, राजकुमार गजुरेल, मोदनाथ रिमाल, रविन्द्र न्यौपाने, गौरवजंग कार्की, प्रमोद घिमिरे, रविन श्रेष्ठ, पवन प्याकुरेल र निर्मल प्याकुरेल रहेका छन ।

अनेरास्ववियू नुवाकोटले यसअघि नै जिल्ला भेला गरेर संयोजमा पुनः विष्णु दाहाललाइ चयन गरिसकेको छ । सोही भेलाले संगठनको हित विपरितको कार्यमा सहभागी भएको भन्दै सहसंयोजक विनोद कोइरालालाइ कारबाही गरेको छ ।

प्रकाशित मिति : 09:48