राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस
२६ पुस, काठमाडाैँ । सरकारले राष्ट्रिय सभाको सातौं अधिवेशन आज अन्त्य गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा सम्बोधन गरेपछि अधिवेशन अन्त्य गर्ने तयारी सरकारले गरेको हो । प्रधानमन्त्री निवासमा आज बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।

प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको बैठक औपचारिकताका लागि पुस १७ गते बोलाइएको थियो । त्यसपछि दुई बैठक मात्रै बसेका थिए । आज तेस्रो बैठक बसेपछि सभाको हिउँदे अधिवेशन अन्त्य हुन लागेको हो ।
प्रकाशित मिति : 13:57









