२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

चार पूर्व प्रधानन्यायाधीशलाई प्रचण्डको पार्टीको सदस्य बन्न पूर्वमन्त्री बाँस्कोटाको सुझाव

२५ पुस, काभ्रे । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशली युवा नेता एवं पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाले चार पूर्व प्रधानन्यायाधीशलाई पुष्पकमल दाहाल प्रचण्डको पार्टीको सदस्य बन्न सुझाव दिनुभएको छ । शनिबार नेकपाका काभ्रेको अगुवा कार्यकर्ता भेलामा सम्बाेधन गर्दै पूर्वमन्त्री बाँस्कोटाले अदालतमा बिचाराधीन मुद्दालाई प्रभावित पार्ने गरि दबाबमूलक विज्ञप्ति जारी गरेको भन्दै पूर्व प्रधानन्यायाधीशहरुको आलोचना गर्नुभयो ।

उहाँले भन्नुभयो ‘श्रीमानहरुलाई राजनीति गर्न मन लागेको भए प्रचण्डको पार्टीको सदस्यता लिए हुन्छ । त्यतैबाट चुनाव लड्न आउन चुनौति दिन्छु । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन भएको बेला भूतपूर्वहरुले सडकबाट फैसला सुनाउने होइन ।’

प्रकाशित मिति : 19:08