२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

देश र पार्टीबिरुद्ध गद्धारी गर्ने प्रचण्ड–माधवहरु निर्वाचनमा पत्तासाफ हुन्छनः पूर्वमन्त्री बस्नेत

२५ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रभावशाली युवा नेता एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले देश र पार्टीबिरुद्ध गद्धारी गर्ने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरु निर्वाचनमा पत्तासाफ हुने बताउनुभएको छ । शनिबार काठमाडाैँको कमलादीमा राष्ट्रिय युवा संघले गरेको भेलामा सम्बाेधन गर्दै संघका पूर्व अध्यक्षमा समेत रहेका बस्नेतले अबको निर्वाचनमा पुष्पकमल दाहाल, प्रचण्डको कतै पनि जित सुनिश्चित नभएको दाबी गर्नुभयो ।

उहाँले नेकपा विभाजन गर्दै देश र पार्टीबिरुद्ध गद्धारी गरेको तथ्य सवै नागरिकले स्पष्ट रूपमा जानकारी पाइसकेको कारण अबको निर्वाचनमा प्रचण्ड–माधवहरु पत्तासाफ हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘प्रचण्ड कमरेड, अव कहाँबाट चुनाव जित्नुहुन्छ ? अघिल्लो पटक चितवनबाट जिताइयो, अव कहाँबाट जित्नु हुन्छ ? कहाँबाट चुनाव लडनु हुन्छ ? चितवनमा अव जमानत जफत हुन्छ, रोल्पाबाट लडनु हुन्छ ? जित्न सम्भव छैन, हुम्ला जाने हो ? सम्भव छैन, काठमाडौं आउने हो ? जित्न सम्भव छैन, सिरहा वा रुकुम जाने ? त्यहाँ पनि सम्भव छैन ।’

उहाँले प्रचण्ड भित्ते राष्ट्रपतिबाट सडकछाप प्रधानमन्त्री बन्न पुगेको पनि बताउनुभयो । पहिले राष्ट्रपति भनेर चुनाव लड्दा भित्ताको पोस्टरमा सिमित भएको भन्दै उनले प्रधानमन्त्री बन्न पार्टी फुटाउँदा अब सडकमा पुगेको बताउनुभयो ।

प्रकाशित मिति : 18:49