चार पूर्व प्रधानन्यायाधीशलाई सांसद मैनालीको चुनौति ‘हिम्मत भए मसँग चुनाव लड्न आउनुस्’
२५ पुस, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का युवा नेता एवं बागमती प्रदेशका सांसद बद्री मैनालीले हुल बाँधेर विज्ञप्ति जारी गरी अदालतमा विचाराधिन मुद्दा प्रभावित गर्न खोज्ने चार पूर्व प्रधानन्यायाधीशलाइ हिम्मत भए आफूसँग चुनाव लड्न चुनौति दिएका छन । शुक्रबार पूर्व प्रधानन्ययाधीश मध्येका चार जनाले विज्ञप्ति जारी गरेर सर्वोच्चमा विचाराधिन मुद्दाका बारेमा सार्वजनिक टिप्पणी गरेका थिए । त्यसपछि मैनालीले उनीहरूलाई हिम्मत भए प्रत्यक्ष राजनीतिमा आउन चुनौति दिएका हुन ।

मैनालीले भनेका छन ‘विगतमा अदालतमा नेतृत्व गरेका पूर्वप्रधानन्यायाधीशहरु नै एक पक्षिय भएर, पुर्वाग्रही हिसाबले मोर्चा बनाएर मुद्दामाथि नै प्रभाव पार्ने गरि, विज्ञप्ति निकाल्ने काम प्राकृतिक न्यायको सिद्धान्त सँग मिल्न जान्छ, म पुर्व श्रीमानहरुलाई प्रश्न गर्न चाहान्छु रु साच्चै नै श्रीमानहरुलाई राजनीतिमा आउन वा कुनै राजनीति दलरुलाई सहयोग गर्ने रुचि हो भने आउनुहोस । म चुनौती का साथ भन्छु तपाई हरुसँग म चुनाव लड्न तयार छु।’
मैनालीले सामाजिक सञ्जालमा व्यक्त गरेको विचार जस्ताको त्यस्तै तल पढ्न सक्नुहुन्छ
सामान्यत कसैमाथि पनि पुर्वाग्रही हिसाबले पक्ष बिपक्ष भएर ,सम्मानित अदालतमा विचाराधीन रहेको मुद्दामा सामन्य ऐन कानुनका जानकारी राख्ने ब्यक्तिले पनि ,अदालतको गरिमा र मर्यादाको सम्मान गर्दै सार्वजनिक रुपमा त्यसका टिप्पणी र आलोचना गर्दैनन्।त्यसो गरेमा अदालतको मानहानी हुने र कानुनी कारबाही हुने हाम्रो कानुन ब्यवस्था छ। अदालतको परम्परा पनि त्यही हो। कुनै मुद्दा संवैधानिक हो ,वा असंवैधानिक हो वा हाईन, निरुपण गर्ने संवैधानिक सम्मानित अदालतले हेर्ने हो। यहाँ त , विगतमा अदालतमा नेतृत्व गरेका पूर्वप्रधानन्यायाधीशहरु नै एक पक्षिय भएर, पुर्वाग्रही हिसाबले मोर्चा बनाएर मुद्दामाथि नै प्रभाव पार्ने गरि, विज्ञप्ति निकाल्ने काम प्राकृतिक न्यायको सिद्धान्त सँग मिल्न जान्छ, म पुर्व श्रीमानहरुलाई प्रश्न गर्न चाहान्छु रु साच्चै नै श्रीमानहरुलाई राजनीतिमा आउन वा कुनै राजनीति दलरुलाई सहयोग गर्ने रुचि हो भने आउनुहोस ।म चुनौती का साथ भन्छु तपाई हरुसँग म चुनाव लड्न तयार छु। होईन भने सामन्य मानिसले बोल्दा मानहानी हुने, तपाईंहरुले मोर्चा बनाएर बोल्दा नहुने तपाईंहरुलाई अदालतको मानहानी सजाय किन नहुने ?
प्रकाशित मिति : 18:37









